नेभिगेशन
समाज

तस्विरमा थानकोट–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर 

 काठमाडौँ । संघीय राजधानी काठमाडौँ जोड्ने नागढुंगा सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । काठमाडौँ भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुका लागि नागढुंगा सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि सहज हुने भएको छ । 

लामो समयसम्म नागढुङ्गा–थानकोट सडकखण्डमा जाममा पर्ने समस्या समाधान गर्न कै लागि सुरुङ मार्गको निर्माण गरिएको हो । सो सुरुङमार्गको आपातकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसकेपनि सो क्षेत्रका स्थानीयहरुले विभिन्न माग राख्दै निर्माण काम रोक्ने गरेका छन् । 
   
सो आयोजनामा तीनओटा अन्डरपास, चारओटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।

यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा–आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानिय अवरोध, कोरोना लगायतको कारण निर्माणमा ढिलाइ भएको थियो
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले...
विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

आज अपराह्न प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेका हुन् ।  जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी...
गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रदर्शन गर्ने

गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रदर्शन गर्ने

प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।