नेभिगेशन
समाज

दुर्गेश थापाले 'एसईई' परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने

काठमाडौँ । गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । थापाले एक विज्ञप्ती जारी गर्दै  एसईई परीक्षा विद्यार्थीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि नगर्ने घोषणा गरेका हुन् । थापाले भनेका छन्,एसईईको परीक्षाको शुभकामना । यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।


थापाले भनेका छन्,'शिक्षा जीवनको सबैभन्दा मूल्यवान् ‘सम्पत्ति’ हो । यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्ज्वल भविष्यको बाटो कोर्दै हुनुहुन्छ । सबैजनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो’, । विज्ञप्तीमा थापाले लेखेका छन्  ‘म जुनसुकै स्थानमा भएपनि, जति नै ठुलो मञ्चमा उभिए पनि, मेरो वास्तविक शक्ति मेरा दर्शक श्रोताको माया र विश्वास हो । मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरूपी फ्यानहरू हुनुहुन्छ । हजुरहरूको हौसला, ऊर्जा, अनि साथले नै मलाई यो उचाइमा पुर्‍याएको हो । त्यसैले, जब हजुरहरूका लागि महत्त्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठुलो हुन्छ ।'

Global Ime Bank

एसईई परीक्षा जीवनको महत्त्वपूर्ण घडी रहेको भन्दै थापाले भनेका छन् 'केवल मनोरञ्जनमा मात्र होइन, उज्ज्वल भविष्यका लागि पनि म सधैँ हजुरहरूकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागी कल आइरहेको छु'।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, अर्का एकजना गम्भीर

बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, अर्का एकजना गम्भीर

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।
आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरुलाई सरकारको आग्रह

आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरुलाई सरकारको आग्रह

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपाल शिक्षक महासंघले उठाएका मागहरुका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो...
नेपालमा दर्ता गर्न आएनन् सामाजिक सञ्जाल कम्पनी, बन्द गर्ने सरकारकाे 'धम्की' !

नेपालमा दर्ता गर्न आएनन् सामाजिक सञ्जाल कम्पनी, बन्द गर्ने सरकारकाे 'धम्की' !

नेपालमा दर्ता नभएका फेसबुक, ह्वाट्सएप, एक्स लगायतका सामाजिक सञ्जाल बन्द हुँदै छन् ? सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केहि दिन अघि रुपन्देहीको एक कार्यक्रममा चैत मसान्तबाट...
न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

उनीहरुले कलेज प्रशासनको योजनाबद्ध वेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरुमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरुले...
भर्खरै