नेभिगेशन
समाज

ट्रम्प–पुटिनबिच २ घण्टा वार्ताः ३० दिनको युद्धविराममा सहमति, युक्रेन के भन्छ ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ। वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ।

के भयो सहमति?

Dish Home
Global Ime Bank
  • पूर्ण युद्ध विरामका लागि सकरात्मक सहमति, कम्तिमा ३० दिन रसियाले युक्रेनको ऊर्जा पुर्वाधारमा आक्रमण नगर्ने।
  • युक्रेन र रसियाले आफ्नो नियन्त्रणमा रहेका समान १७५ सैनिकहरुलाई एक अर्कालाई हस्तान्तरण गर्ने सहमति। साथै गम्भीर चोट लागेर रुसमा उपचार भैरहेका २३ जना युक्रेनी सैनिकहरूलाई पनि स्थानान्तर गरिने।
  • मध्यपूर्वमा दीर्घकालीन शान्ति कायम गर्न वार्ताहरं अघि बढाइने।

पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सारे, जबकि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई ‘मात्रै कुरा गर्ने’ प्रयास भएको बताए । ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँट’ को विषयमा कुराकानी भइरहेको संकेत गरेपछि युरोपेली राष्ट्रहरू चिन्तित भएका छन्।

वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता ‘महत्वपूर्ण चरणमा पुगेको’ बताए, तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उल्लेख गरे । उता, पुटिनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दोर्याए ।

अमेरिका–युक्रेन विभाजन

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि युक्रेनमा अमेरिकी नीतिमा पूर्ण परिवर्तन आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना पुटिनसँग कुरा गरेको घोषणा गरेर विश्वलाई चकित पारेका थिए । यसले रुसी सेनाले युक्रेनमा आक्रमण जारी राखेसम्म रुसी राष्ट्रपतिलाई अलग्याउने पश्चिमी प्रयासहरूलाई तोडेको थियो।

त्यसयता उनले रुसी राष्ट्रपतिसँग ‘धेरै पटक’ कुरा गरेका छन् । पुटिनका लागि उहाँले विगतमा बारम्बार प्रशंसा व्यक्त गरे । यद्यपि कुनै पनि वार्ताको औपचारिक रूपमा घोषणा गरिएको थिएन। ट्रम्पका विशेष दूत स्टिभ विटकफले संयुक्त युद्धविराम योजनाको विवरण प्रस्तुत गर्न गत बिहीबार मस्कोमा पुटिनसँग तीन घण्टा बैठक गरेका थिए । उक्त योजनाले युद्धमा ३० दिनको विरामको परिकल्पना गर्दछ।

तर वासिङ्टनको मस्कोसँगको सम्बन्ध सुधार हुँदा युक्रेनसँगको सम्बन्ध निकै जटिल बनेको छ। ट्रम्पको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा ओभल अफिसमा विवाद भएको थियो । उक्त विवादका कारण संयुक्त राज्य अमेरिकाले किएभलाई दिने अर्बौं डलरको सैन्य सहयोग अस्थायी रूपमा निलम्बन गर्न पुग्यो।

जेलेन्स्की पछि युद्धविराम योजना र संयुक्त राज्य अमेरिकालाई युक्रेनको दुर्लभ खनिज भण्डारमा प्राथमिकताको पहुँच दिने सम्झौता दुवैमा सहमत हुन बाध्य भए ।रासस

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक 

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक 

आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ४३ करोड ३५...
मकवानपुरमा करिब ६ किलो अफिम सहित एक जना पक्राउ

मकवानपुरमा करिब ६ किलो अफिम सहित एक जना पक्राउ

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं. ११ बस्ने बर्ष २५ को बाबुराम तामाङ रहेका छन् । घटनाबारे थप अनुसन्धाई भईरहेको प्रहरीले जनाएको छ । 
सिंहदरवारबाट पक्राउ परेका राप्रपा नेताहरुलाई भद्रकालीस्थित प्रहरी परिसरमा लगियो

सिंहदरवारबाट पक्राउ परेका राप्रपा नेताहरुलाई भद्रकालीस्थित प्रहरी परिसरमा लगियो

सिंहदरबार भित्रै प्रदर्शनको प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुसिंहदरवारस्थित संसदीय दलको कार्यालयबाट सिंहदरवारको दक्षिण गेटतर्फ अघी बढेका थिए । सो क्रममा उनीहरुले गोजीबाट पम्प्लेट निकालेर प्रदर्शन...
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

दोषी उपर कारबाहीको लागि आवश्यक प्रक्रिया सुरूआत गर्न माग गर्दछौं। अन्यथा जनताको विश्वासीलो शक्तिको आधारमा सडक र सदनबाट यस विषयलाई कार्यान्वयनका लागि थप दबाबका कार्यक्रम गरिने जानकारी गराउँदछौं,’...