नेभिगेशन
समाज

‘लेखा समितिको बैठक पर्वजस्तै पण्डितसँग दिन तोकेर बस्ने देखियो’

काठमाडौँ । सांसदहरुले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक निरन्तर राख्न माग गरेका छन् । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा सांसदहरुले समितिमा उपसमितिको प्रतिवेदन र उजुरीका धेरै चाङ हुँदा पनि समयमा नै बैठक नबोलाएको भन्दै सभापति ऋषिकेश पोखरेलको भूमिकाप्रति पनि आपत्ति जनाएका छन् । समिति सदस्य सांसद रामकृष्ण यादवले समितिको बैठक प्रतिनिधिसभाको शुन्य समयजस्तै प्रभावविहिन हुन थालेको बताए । समितिको बैठक पर्वजस्तै पण्डितसँग दिन तोकेर बस्ने देखिएको भन्दै उनले आपत्ति जनाए । सभापति पोखरेलले एजेण्डामा केन्द्रीत हुन आग्रह गरेपछि सांसद यादवले जहिले पनि बिचैमा रोक्ने काम उचित नभएको बताए । सभापति पोखरेलले भने क्यालेन्डर अनुसार नै समितिको बैठक बसेको जिकिर गरे ।

Dish Home
Global Ime Bank


त्यस्तै सांसद प्रेमबहादुर आलेले सांसद यादवको भनाइप्रति समर्थन जनाउदै ११४ वटा उजुरी हुदा पनि महिनामा एक पटकमात्रै बैठक बस्नु उचित नभएको बताए । राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढङ्गले छानबिन गर्न सक्नुपर्ने उनले बताए । उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनुपर्ने निर्णय गर्दा सभापतिले नै त्यसलाई रोकेको आरोप लगाए । उनले डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता उठाउनका लागि निर्देशन दिन माग गरे ।

त्यस्तै सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशनको कार्यान्वयनको अवस्था बुझ्नुपर्ने बताए । उनले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धि बारे समितिले दिएको निर्देशन कार्यान्वयन नहुदा फेरी समितिमा उजुरी आएको जिकिर गरे । 
त्यस्तै अन्य सांसदहरुले समितिमा प्राप्त उजुरीहरुलाई प्राथमिकताका आधारमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रू आठ सय...
चक्रपथमा सर्भिस लेन र नाली निर्माणको काम धमाधम (तस्विरहरु)

चक्रपथमा सर्भिस लेन र नाली निर्माणको काम धमाधम (तस्विरहरु)

सो खण्डको सडक निर्माणका लागि चिनियाँ टोली समेत नेपाल आइसकेको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।