नेभिगेशन
मुख्य समाचार

सुन तस्करीमा जेल बसेका ‘फुच्चे’, ट्रकमा २५ करोड नगद लिएर केरुङ जाँदै थिए

काठमाडौँ । सोमबार राति करिब १० बजे, एक खाली ट्रक काठमाडौँको सामाखुसी हुँदै झोरतर्फ लाग्दै थियो । पछाडिको भाग खाली भएपनि ‘ड्राइभिङ सेक्सन’मा २५ करोड १ लाख ६० हजार नेपाली रुपैयाँ बराबरका डलर र युरो बोकेको उक्त ट्रक चिनको केरुङ तर्फ लागेको थियो । 


यति ठुलो नगद बोकेर सोनी ट्रान्सपोर्टको ना ७ ख १६५२ नम्बरको ट्रक रसुवा नाका हुँदै चीनतर्फ जाँदै गरेको सूचना कसैले अपराध महाशाखाको टोलीमा पुर्याएको हुन्छ । सुचना पाएलगत्तै प्रहरीले ‘अपरेशन इको डेल्टा’ सुरु गरेको थियो । 
सूचना पछ्याउँदै लागेको प्रहरीको टोलीले गाडीलाई टोखाको झोरबाट नियन्त्रणमा लियो । नियन्त्रणमा लिँदा ट्रकमा एक जना चालक मात्रै थिए । प्रहरीले उनीबारे सोधपुछ गर्यो । ट्रक चालकले सुरुमा आफ्नो नाममा ‘फुच्चे’ बताए । 
प्रहरीले थप सोधपुछ गरेपछि उनी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा भएको खुल्यो । सोधपुछका क्रममा उनी केही हच्किए, प्रहरीले शङ्का पाइहाल्यो । 


त्यसपछि प्रहरीको टोलीले उनलाई हतकडी लगायो र टेकुस्थित अपराध महाशाखामा ल्याएर ट्रकको चेकजाँच गर्न थाल्यो । प्रहरीले ट्रकका सम्पूर्ण भागको खानतलासी गर्यो । 


अन्त्यमा प्रहरीले चेकजाँचका क्रममा चालक बस्ने सिटको माथिपट्टि ‘फल्स बटम बनाइएको भाग भेट्यो । सो फल्स बटम खोलेर हेर्दा डलरै डलर र युरो नै युरोले भरिएका प्लाष्टिकका पोका भेटिए । 

kusang-lama-4-1742288182.jpg

प्लाष्टिकका पोकामा ३ हजार १ सय १९ वटा १ सय दरका डलर र ५० दरका १ सय ७९ वटा डलर भेटिए । सबै गन्दा कुल ३ लाख २० हजार ८ सय ५० डलर हुन्छ । 


यस्तै १३ लाख ७५ हजार युरोको अर्को पोको पनि भेटियो । आजको नेपाली विनिमयदर अनुसार बरामद भएको डलर र युरो गरि कुल २५ करोड १ लाख ६० हजार ३ सय ३८ रुपैयाँ हुन्छ । 


अब यत्रो पैसा बोकेर कुसाङ लामा कहाँ जाँदै थिए त ? प्रहरीले थप खोजी सुरु गर्यो । 
अनुसन्धानका क्रममा लामाको पृष्ठभूमि सुन तस्करीसँग जोडिएको भेटिएको । उनी २०७३ सालमा ७ किलो सुन तस्करीमा पक्राउ परेका थिए । ०७३ सालमा पनि उनलाई अपराध महाशाखाले नै पक्राउ गरेको थियो । सुन तस्करीमा दोषी ठहर भएका उनी ५ वर्ष जेल बसेर निस्किएका थिए ।


त्यस्तै प्रहरीले नियन्त्रणमा लिएको गाडी लामा आफ्नै भएको खुलेको छ । प्रहरीका अनुसार उनकी आमाको नाममा दर्ता भएको यो गाडीमा उनले सोमबार राति २५ करोड बढीको नगद बोकेर केरुङ तर्फ लागेका थिए । 

kusang-lama-truck-1742291273.jpg


प्रहरीसँग उनले केरुङबाट अन्य २ व्यक्तिले नगद बोकेर आउन भनेको बयान दिएका छन् । प्रहरीले अहिले पनि उनी सुन तस्करीका लागिनै केरुङतर्फ हिँडेको आशंका गरेको छ । यसअघि पनि सुन तस्करीमा कारागार बसेर निस्किएका ‘फुच्चे’ अहिले फेरी पक्राउ परेका छन् । 


प्रहरीले उनलाई अवैध तरिकाबाट भन्सार तथा राजश्व छलि, अवैध विदेशी मुद्राको कारोवार गरेको आरोपमा विदेशी विनिमय ऐन २०१९ अनुसारको कसुरमा कारवाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
थप मुख्य समाचार
पोखरा बेलुन विष्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा के छ ?

पोखरा बेलुन विष्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा के छ ?

भविष्यमा यस प्रकारका घटना हुन नदिन सुधार गर्नुपर्ने विषयसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका...
प्रहरीले सार्वजनिक गर्यो ट्रकबाट बरामद गरिएको २५ करोड १ लाख ६० हजार 

प्रहरीले सार्वजनिक गर्यो ट्रकबाट बरामद गरिएको २५ करोड १ लाख ६० हजार 

प्रहरीका अनुसार नेपाली र विदेशी गरी कुल २५ करोड १ लाख ६० हजार रुपैयाँ बरामद गरिएको छ ।