नेभिगेशन
समाज

एसईईको सम्पूर्ण जिम्मेवारीबाट पन्छियो मधेस सरकार

जनकपुरधाम । माध्यमिक शिक्षा परिक्षा (एसईई) को सम्पूर्ण जिम्मेवारीबाट मधेश प्रदेश सरकार बाहिरिएको छ ।

सोमबार एक पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षामन्त्री रानी शार्मा तिवारीले आफूहरु एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको जनाएका हुन् । आउदो बिहीबारदेखि सुरु हुन लागेको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको हो।


प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाई लगायत शैक्षिक संस्थाहरूले नमानेपछि सरकार बाहिरिन बाध्य भएको जनाइएको छ ।


प्रदेश सरकारले हात झिकेसँगै प्रदेश सरकारबाट परिक्षामा हुने सम्पूर्ण सहयोग, व्यवस्थापन, अनुगमन, निरीक्षण लगायतका काम नहुने भएका छन् । यसले आगामी परिक्षा कस्तो हुने हो भन्ने प्रश्न उठाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले...
विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

आज अपराह्न प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेका हुन् ।  जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी...
गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रदर्शन गर्ने

गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रदर्शन गर्ने

प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।