नेभिगेशन
समाज
नेपाल प्रहरी

नवनियुक्त आईजीपी दिपक थापाले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी चिन्ह लगाएका छन् । गृहचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको थियो । 

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर सोमबारदेखि सेवा निवृत्त भएपछि रिक्त पदमा थापा नियुक्त भएका हुन् । २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए भने थापा भने एआईजीमै थिए । 

कुँवरको सेवा निवृत्त भएपछि आईजीपीको लाइनमा ३ जना एआईजी थिए । जसमा थापा, सुदिप गिरी र टेकबहादुर तामाङ रहेका थिए । ३ जनामध्ये बरियता सूचीमा पहिलो नम्बरमा रहेका थापालाई आईजीपीमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले...
विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

आज अपराह्न प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेका हुन् ।  जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी...
गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रदर्शन गर्ने

गणतन्त्रको पक्षमा एमालेले शक्ति प्रदर्शन गर्ने

प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।