नेभिगेशन
समाज

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौँ । प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।


प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर सोमबारदेखि सेवा निवृत्त भएपछि रिक्त पदमा थापा नियुक्त भएका हुन् । २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए भने थापा भने एआईजीमै थिए । 


कुँवरको सेवा निवृत्त भएपछि आईजीपीको लाइनमा ३ जना एआईजी थिए । जसमा थापा, सुदिप गिरी र टेकबहादुर तामाङ रहेका थिए । ३ जनामध्ये वरीयता सूचीमा पहिलो नम्बरमा रहेका थापालाई आईजीपीमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सुन तस्करीमा जेल बसेका ‘फुच्चे’, ट्रकमा २५ करोड नगद लिएर केरुङ जाँदै थिए

सुन तस्करीमा जेल बसेका ‘फुच्चे’, ट्रकमा २५ करोड नगद लिएर केरुङ जाँदै थिए

पछाडिको भाग खाली भएपनि ‘ड्राइभिङ सेक्सन’मा २५ करोड १ लाख ६० हजार नेपाली रुपैयाँ बराबरका डलर र युरो बोकेको उक्त ट्रक चिनको केरुङ तर्फ लागेको थियो । 
एसईईको सम्पूर्ण जिम्मेवारीबाट पन्छियो मधेस सरकार

एसईईको सम्पूर्ण जिम्मेवारीबाट पन्छियो मधेस सरकार

प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाई लगायत शैक्षिक संस्थाहरूले नमानेपछि सरकार बाहिरिन बाध्य भएको जनाइएको छ ।