नेभिगेशन
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा थुनामै रहने

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त बेचन झा थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतमा उनले दायर गरेको रिट खारेज भएसँगै उनी थुनामुक्त नहुने भएका हुन् । 


झाले गत माघ २ गते थुनामुक्तको मागसहित सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए। सो निवेदनउपर सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले खारेज गरिदिएको हो।  
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा झाको संलग्नता देखिएको थियो । सोही प्रकरणमा उनी गत असार १३ गते पक्राउ परेका थिए । 

नक्कली भुटानी शरणार्थी प्रकरण र बेचन झा 

हाल पुर्पक्षका लागि थुनामा रहेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले बेचन झाबारे मुख खोलेका थिए । पक्राउ परेर अदालतमा पुगेपछि उनले दिएको बयानमा झा नै यो प्रकरणको उच्च राजनीतिक नेक्ससको कडी भएको उल्लेख छ । 

‘विगतदेखिको गतिविधि र हाम्रो कार्यकालमा यस विषयमा सम्पर्कमा आएका व्यक्तिहरूको कनेक्सन हेर्दा शरणार्थाी समस्यालाई राजनीतिक परियोजनाका रूपमा विकास गरेको देखिन्छ । मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’

शरणार्थी प्रकरणमा तत्कालिन शेरबहादुर देउवा सरकारका  गृहमन्त्री बालकृष्ण खाँण ९हाल धरौटीमा हिरासत मुक्त०, हाल पुर्पक्षका लागि हिरासतमा रहेका तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, एमाले सचिव टोपबहादुर रायमाझि लगायतका उच्च ओहोदाका मानिसहरु पक्राउ परेपछि झा भागेर भारत पसेका थिए । सचिव पाण्डेले बयानमा पोलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । शरणार्थी प्रकरणमा राजनीतिक नेक्ससको नाइने मानिने झा २०८१ असार १४ मा पक्राउ परेपछि यो प्रकणमा उनले सबै आरोपमा इन्कारी बयान दिएका थिए । तर, अदालतमा पीडितले उपलब्ध गराएको  फोन संवाद, चेक, भिडियो गायतको प्रमाणपछि झा पुर्पक्षका लागि जेल चलान भएका थिए ।

सम्बन्धित समाचार :

EXCLUSIVE: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा र रामशरणको भेट (भिडियो)

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाको बयानमा के छ ?

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
ट्रकमा २५ करोड बढी चीन लाने क्रममा पक्राउ परेका ‘फुच्चे’ (तस्विरहरु)

ट्रकमा २५ करोड बढी चीन लाने क्रममा पक्राउ परेका ‘फुच्चे’ (तस्विरहरु)

प्रहरीले काठमाडौँबाट चीनतर्फ २५ करोड बढी अवैध रकम लार्ने क्रममा पक्राउ परेका ‘फुच्चे’ भनिने कुसाङ लामालाई सार्वजनिक गरेको छ ।
काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिको शपथ

काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपतिको शपथ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले शपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा डा...
प्रहरीले सार्वजनिक गर्यो ट्रकबाट बरामद गरिएको २५ करोड १ लाख ६० हजार 

प्रहरीले सार्वजनिक गर्यो ट्रकबाट बरामद गरिएको २५ करोड १ लाख ६० हजार 

प्रहरीका अनुसार नेपाली र विदेशी गरी कुल २५ करोड १ लाख ६० हजार रुपैयाँ बरामद गरिएको छ । 
प्रदेश र स्थानीय तहबिचको लफडाः मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउने

प्रदेश र स्थानीय तहबिचको लफडाः मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउने

मुख्यमन्त्रीको आदेशपछि ती अवैध अस्पताल एकाएक वैध भएर पुनः सञ्चालनमा आए । पुनः सञ्चालनमा आएको हाइवे ट्रमा हस्पिटलमा उपचारका क्रममा एक बिरामीको निधन भएपछि अस्पतालमा आन्दोलन आन्दोलन चर्कियो...