नेभिगेशन
समाज

कांग्रेस र एमालेको एउटै स्वरः सरकार परिवर्तन हुँदैन, सरकारमा आउन रुची राख्नेले अनावश्यक हल्ला फैलाए

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने बिषयमा कुनै छलफल नभएको बताएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले मुलुकको स्थायीत्वका लागि वर्तमान सरकार गठन भएको भन्दै यसलाई तोडेर नयाँ सरकार गठन गर्ने बिषयमा कुनै छलफल नभएको बताएका हुन् ।

उनले नयाँ सरकार गठन हुने भन्ने भ्रममा नपर्न आग्रह समेत गरे । घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको उल्लेख गरे । उनले भूमिसम्बन्धी अध्यादेशलाई परिमार्जित गरेर सबैलाई स्वीकार हुनेगरी कानुनकै रुपमा अगाडि बढाउने उल्लेख गरे । 

Dish Home
Global Ime Bank

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए । बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका हुन् । 

उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्राउने वा बाहिर पठाउने भन्ने बिषयमा समेत कुनै बैठक नभएको धारणा राखे । सरकारमा आउन रुची भएकाहरुले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाई छ । उनले अहिलेको सरकार सहझ ढंगले अघि बढिरहेको र यहि सरकारले निरन्तरता पाउने जिकिर गरे ।

उनले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भएपनि ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि तयारी गर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

 नेविसंघ पब्लिक युथ क्याम्पस एकाइ सभापति सन्तोष श्रेष्ठ र नेविसंघको एकाइ सदस्य रोहित गुरुङले तोडफोड गरेको देखिन्छ । उनीहरुले निर्वाचन भाँड्नका लागि तोडफोडमा उत्रिएको भन्दै अनेरास्ववियुले कारवाहीको माग...
राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा

राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा

सिंहदरबार भित्रै सरकार विरुद्ध  प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय...
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान...
गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन्। 
भर्खरै