नेभिगेशन
समाज

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

काठमाडौँ । सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे । 

“उक्त जहाज दुर्घटना भएको आठ महिना वितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छु,” उनले भने । 

Dish Home
Global Ime Bank

सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सकोे दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन् । उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रको पदोन्नती नगराइएकोमा सरकारसँग जवाफ मागेकी छिन् । सांसद कृष्णबहादुर रोकायले शिक्षक आन्दोलनरत रहेको भन्दै उनीहरुसँग वार्ता गरेर माग पूरा गर्नुपर्नेमा जोड दिइन् । 

सांसद रुक्मिणी कोइरालाले यौन व्यवसायलाई कानुनी मान्यता दिने धारणा गलत भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाएकी छिन् । सांसद विष्णुकुमारी सापकोटाले पूर्वविशष्टहरुलाई आजीवन सेवा सुविधा उपलब्ध गराउन नहुने धारणा राखिन् । 

सांसद विष्णुदेवी पुडासैनीले भने भत्काइएका सडकको समयमै  निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । शून्य समयमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले बालबन्दी गृहमा लागुऔषध भित्रिएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । 

बैठकमा सांसदहरु श्रीकृष्णप्रसाद अधिकारी र पदमबहादुर परियारले पनि विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

 नेविसंघ पब्लिक युथ क्याम्पस एकाइ सभापति सन्तोष श्रेष्ठ र नेविसंघको एकाइ सदस्य रोहित गुरुङले तोडफोड गरेको देखिन्छ । उनीहरुले निर्वाचन भाँड्नका लागि तोडफोडमा उत्रिएको भन्दै अनेरास्ववियुले कारवाहीको माग...
राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा

राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा

सिंहदरबार भित्रै सरकार विरुद्ध  प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय...
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान...
गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन्। 
भर्खरै