नेभिगेशन
मुख्य समाचार
डोनाल्ड ट्रम्प

अमेरिकाले खतरनाक २ सय बढी कैदीलाई साल्भाडोरको कठोर जेलमा पुर्यायो (भिडियो)

काठमाडौँ । अमेरिकाले निकै ‘खतरनाक’ ग्याङ मानिने अपराधिक समुहका २३८ जना कैदीबन्दीलाई एल साल्भाडोरको निकै कठोर जेलमा पठाएको छ। अमेरिकाले ‘अपराधी आप्रवासी’ भन्दै आएका भेनेजुलाका लगभग २३८ जनालाई मध्य अमेरिकी उक्त देशको जेलमा लगेको हो । २०२३ मा बनोको साल्भाडोरको यो जेल निकै कडा र खतरानाक मानिन्छ ।

४० हजार कैदी रहेको यो जेलमा कुख्यात र खतरनाक अपराधीहरूलाई राखिन्छ। अमेरिकाबाट सल्भडोरको जेल सार्दै गर्दाको भिडियो राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा राखेका छन् । 

अमेरिकाका अनुसार उनीहरु अन्तर्राष्ट्रिय आपराधिक समूह एमएस १३ का सदस्यहरू हुन् जो निकै खरतानक छन्। उनीहरुलाई अमेरिकाले अपराधी घोषणा गरको छ। अहिले ट्रम्पले बिना सुनुवाई देश निकाला गर्ने कानुन लागु गरेका छन्।

यो कानुनअनुसार अमेरिकाले अपराधी घोषित गरेका आप्रवासीहरूले कुनै पनि न्यायिक निकायमा अपिल गर्न पाउने छैनन्। हालैमात्र ट्रम्पले साल्भाडोरसँग अपराधि राख्ने जेलका लागि सम्झौता गरेका थिए। यो विश्वकै एक अनौठो सम्झौता हो जसले एक अर्को देशमा कैदीहरू राख्ने बाटो खुलाइ दिएको छ। त्यो एक प्रकारले अमेरिकाले जेल भाडामा लिएजस्तै हो।

यो जेलमा आफूले कैदी राखेवापत अमेरिकाले साल्भाडोरलाई लाखौं डलर तिर्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मुख्य समाचार
प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष,  CCTV फुटेजसहित

प्रहरी, जनप्रतिनिधि र पत्रकारबाटै कुटिए वडाध्यक्ष, CCTV फुटेजसहित

सिधाकुरासँगको कुराकानीका क्रममा वरिष्ठ सई राणााले आफूले गर्न नहुने गल्ती गरेको भन्दै माफी मागे । ‘सर मबाट गल्ती भयो। म वडाध्यक्षज्यूको खुट्टा समाएर माफी माग्न बिदा मिलाउँदैछु’, वरिष्ठ...
सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले...
विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

विपिन जोशीको रिहाइकालागि प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता

आज अपराह्न प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेका हुन् ।  जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी...