नेभिगेशन
सबै कुरा

जनकपुरबाट पेस्तोलसहित भारतीय किशाेरी पक्राउ

जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित भारतीय किशाेरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरीकी १६ वर्षीया पूजा कुमारी सहनी छन् ।

उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ  पक्राउ गरेको हो ।

उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद भएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation