नेभिगेशन
समाज

प्रचण्डको तस्बिरमा आगो लगाउने राप्रपा नेता बम रिहा 

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरमा आगोलगाएको आरोपमा पक्राउ परेका राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् ।

आइतबार दिउँसो मकवानपुरबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपाका एक नेताले जानकारी दिए ।


शनिबार हेटौँडामा आयोजित एक कार्यक्रममा बमले प्रचण्डको तस्बिर जलाएका थिए । उनी पक्राउ परेपछि प्रचण्डले गिरफ्तारी गर्नु पर्ने अवस्था नरहेको अभिव्यक्ती दिएका थिए ।

प्रचण्डको अभिव्यक्तीपछि माओवादी नेताहरुनै बमको रिहाईकालागि प्रहरी कार्यालय पुगेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदालतले निस्तेज पारिदिएको डलर अर्बपति बिनोद चौधरीको प्रयोजित धन्दा ! 

अदालतले निस्तेज पारिदिएको डलर अर्बपति बिनोद चौधरीको प्रयोजित धन्दा ! 

२०६९ साल असोज २८ गते सतुुङ्गलको एक विशाल गोदाममा आगलागी हुुन्छ । साँझ करिब साढे ६ बजेतिर लागेको आगोले स्थानीयहरु आत्तिन्छन्, कराउँछन् चिच्याउँछन् र निभाउनका लागि दौडन्छन् । ...