नेभिगेशन
मुख्य समाचार

अब मन्त्री निवासक्षेत्रमा पनि निषेधाज्ञा, भैँसेपाटीमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले भैँसेपाटीस्थित मन्त्रीनिवास क्षेत्र सहित पूल्चोकमा निषेधाज्ञा जारी गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाएको छ ।


निषेधाज्ञ चैत ४ गतेबाट दुई महिनासम्म लागूहुने प्रशासनले जनाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा  निषेधाज्ञा जारी गरिएको हो ।

Global Ime Bank

प्रजिअ ढकालका अनुसार निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 
हानिकारक फोहोर व्यवस्थापनमा एभरेष्ट अस्पतालको लापरवाही, महानगरले गरायो ५० हजार जरिवाना  

हानिकारक फोहोर व्यवस्थापनमा एभरेष्ट अस्पतालको लापरवाही, महानगरले गरायो ५० हजार जरिवाना  

 यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।