नेभिगेशन
समाज

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

छुट्टाछुट्टै दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागुऔषध बोकेको अभियोगमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट एक जना सोही जिल्लाको घोडाघोडी नगरपालिका–७ हरिनगरबाट चार जना चितवन, भरतपुर महानगरपालिका–१२ बाट चार जना, सोही जिल्लाको चितवन, खैरहनी नगरपालिका–१० सुर्तनीबाट तीन जनालाई शनिबार साँझ पक्राउ गरिएको हो ।

त्यसैगरी, दाङको घोराही उपमहानगरपालिका–८ स्यानी गाउँबाट एक किशोर, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट एक जना, सोही जिल्लाको बेदकोट नगरपालिका–७ बाट अर्का एक युवक  लागुऔषधसहित पक्राउ परेका हुन् । 
 
रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ सिसैबाट एक जना, मोरङको पथरीशनिश्चरे नगरपालिका–२ गोलचोकबाट चार जना, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट एक जनालाई पक्राउ गरिएको छ । 

अभियुक्तहरूले अवैध रूपमा लागुऔषध खैरो हेरोइन, ब्राउनसुगर, गाँजा, ट्रामाडोल र स्पास्पेन ट्याब्लेटलगायत निषेधित वस्तु बोकेका थिए ।

छुट्टाछुट्टै दुर्घटनामा छ जनाको मृत्यु

समाचार कक्षले आज प्रकाशन गरेको समाचार बुलेटिनअनुसार काठमाडौँको टोखा नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, सर्लाहीको बलरा नगरपालिका–८, मोरङको बुढीगङ्गा गाउँपालिका–३, दाङको तुलसीपुर उपमहानगरपालिका–९ गौरीशङ्कर टोल र कैलालीको गोदावरी नगरपालिका–३ मालाखेतीमा शनिबार भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पत्रकार सुरेश रजकको पोस्टर्माटम सकियोः गोली भेटिएन, श्वास नलीमा धुँवाको मुस्लो छिरेपछि मृत्यु

पत्रकार सुरेश रजकको पोस्टर्माटम सकियोः गोली भेटिएन, श्वास नलीमा धुँवाको मुस्लो छिरेपछि मृत्यु

तीनकुने घटनामा जलेको अवस्थामा मृर्त भेटिएका पत्रकार सुरेश रजकको जलेर मृत्यु  भएको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा भर्खरै सकिएको पोस्टमार्टममा उनको जलेर मृत्यु भएको देखिएको चिकित्सकले...
नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानमन्त्री ओली

नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानमन्त्री ओली

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका...
रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै

रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । शुक्रबार पक्राउ परेका उनीहरुलाई...
२३ अङ्कले बढ्यो नेप्से परिसूचक 

२३ अङ्कले बढ्यो नेप्से परिसूचक 

आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड ४४ लाख ३५...