नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तले भने– जुम्लामा हाहु गरेजस्तो हैन, बहस गर्ने भए इतिहास पढेर आउने

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले ज्ञानेन्द्र शाहीलाई इतिहास पढ्न सुझाएका छन् । संसदमा राजालक्षित अभिव्यक्ति दिँदै गर्दा राप्रपा सांसद शाहीले उठेर नियमापत्ति जनाएपछि उनले सो अभिव्यक्ति दिएका हुन् ।


संसदमा पन्तले संविधानले राजतन्त्रलाई नचिन्ने भएकाले संसदमा यस बिषयमा बहस गर्न उचित नभएको बताएका थिए । विभिन्न इतिहासका घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको गरेका थिए ।  राजतन्त्रको कालखण्डका दृष्टान्त प्रस्तुत गरेपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका थिए । आफ्नो अभिव्यक्तिप्रति शाहीले आपत्ति जनाएपछि सांसद पन्तले आफ्नो समयमा बोल्न र इतिहास पढेर आउन सुझाव दिए । 

Dish Home
Global Ime Bank


उनले भने, ‘मसँग बहस गर्ने भए इतिहास पढेर आउने मिस्टर । जुम्लामा हाहु गरेर आएजस्तो हैन । इतिहास पढेर आउ ।’, पन्तले ठूलो स्वर गर्दै भने ।

२ जनाबिचको भनाभन चलेपछि सभामुखले आफूले ज्ञानेन्द्र शाहीलाई बोल्न समय नदिएको भन्दै बस्न आग्रह गरे । सभामुखको पटकपटकको आग्रहपछि सांसद शाही बसे भने पन्तले आफ्नो अभिव्यक्तिलाई निरन्तरता दिए । 
त्यस्तै सांसद पन्तले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन खोजिएको बिषयमा भएका चर्चाको मन्त्रीहरुले सदनमा जवाफ दिनुपर्ने बताए । जनताको भावनालाई नबुझ्ने र प्रधानमन्त्रीलाई नटेर्ने मन्त्रीहरुलाइ सरकारमा राखिरहन आवश्यक नरहेको उनले बताए । उनले अहिलेको अवस्थामा मन्त्रीहरु फेर्ने अवस्था आएको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा, दैनिक ६०० क्विन्टल उत्पादन गर्ने लक्ष्य

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा, दैनिक ६०० क्विन्टल उत्पादन गर्ने लक्ष्य

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रू आठ सय...
चक्रपथमा सर्भिस लेन र नाली निर्माणको काम धमाधम (तस्विरहरु)

चक्रपथमा सर्भिस लेन र नाली निर्माणको काम धमाधम (तस्विरहरु)

सो खण्डको सडक निर्माणका लागि चिनियाँ टोली समेत नेपाल आइसकेको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।