नेभिगेशन
समाज

पुर्पक्षका लागि कारागार चलान भएका थुनुवाको फैसला हुन नपाउँदै मृत्यु

विराटनगर ।  मोरङमा पुर्पक्षका लागि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ । अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा थुनामा पुगेका एक थुनुवाको फैसला हुन नपाउँदै मृत्यु भएको हो।


मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का जितबहादुर देवान रहेका छन् । ३८ वर्षीय उनीविरुद्ध गत मंसिर २३ गते जिल्ला अदालत मोरङले आपराधिक उपद्रो मुद्दामा पुर्पक्षका लागि २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशबमोजिम धरौटी बुझाउन नसक्दा मोरङ कारागारमा चलान भएका उनको फैसला हुन नपाउँदै मृत्यु भएको हो । 


कारागारमै भएको समयमा उनका हातखुट्टा नचल्ने समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई गत फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार उनको निधन भएको कारागार प्रशासनले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्