नेभिगेशन
समाज

 दक्षिण अमेरिकामा आँधीः कम्तीमा ३१ जनाको मृत्यु 

काठमाडौँ । दक्षिण अमेरिकामा आएको आँधीमा परेर कम्तीमा ३१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार तीमध्ये १२ जनाको मिसौरीमा मृत्यु भएको छ । 
यो आँधीले दक्षिणपूर्वी राज्यहरूमा धेरै सवारी साधनहरू पल्टिएका छन् भने धेरै घरहरूमा क्षति पुगेको छ।

क्यान्ससमा धुलोको आँधीबेहरीका कारण ५५ भन्दा बढी सवारी साधनहरू दुर्घटनामा परेका र उक्त दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको जनाइएको छ।
ट्र्याकर पावरआउटेजका अनुसार आधीका कारण शनिबार दिउँसो टेक्सास, मिसौरी र इलिनोइसलगायत छ राज्यका २।४ लाखभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको थियो। 

Dish Home
Global Ime Bank

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा गम्भीर मौसम चेतावनी जारी गरिएको छ। यी तीन राज्यहरू बाहेक, दक्षिणपूर्वमा मौसम खराब रहेकोले अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ।

राष्ट्रिय मौसम सेवाले यी अचानक आउने बाढी घातक साबित हुन सक्ने बताएको छ। यसअघि शनिबार बिहान मध्य मिसिसिपीमा आँधीको बारेमा उच्च सतर्कता जारी गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय...
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको...
सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

घटनास्थलबाट भारतिय प्रहरीले १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २...
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
भर्खरै