नेभिगेशन
समाज

चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी

चितवन । चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ । यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन् । 

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार दीर्घरोगीमा सबैभन्दा धेरै उच्च रक्तचाप रहेका छन् । उनका अनुसार उच्च रक्तचापका ७० जना, मधुमेहका ५० जना, थाइराईडका १५ जना, क्षयरोगका नौ जना रहेका छन् । 

Dish Home
Global Ime Bank

यस्तै एचआईभी एड्सका पाँचजना, छारे रोगका तीनजना र क्यान्सरका दुई जना बिरामी कारागारमा रहेको उनले बताए।  

राज्यले कारागारका कैदीबन्दीको उपचारका लागि विनियोजन गर्ने बजेटबाट उनीहरूको उपचार गरिँदै आइरहेको छ । कार्यालयलाई  १० लाख मात्र उनीहरूको स्वास्थ्य परीक्षण र औषधिका लागि बजेट विनियोजन हुने गरेको छ । यो बजेट अभाव हुँदा समय समयमा विभिन्न सङ्घसंस्थाबाट औषधि सहयोग लिँदै आएको उनले बताउनुभयो । 
प्रदेश सरकार, स्थानीय सरकार, जनस्वास्थ्य कार्यालय र विभिन्न सङ्घसंस्थाको सहयोगमा उनीहरूको उपचार गरिँदै आएको छ । निजी अस्पतालमा आफूले चाहेका चिकित्सकसँग उपचार गराउन चाहने कैदीबन्दीले आफैले खर्च गर्छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय...
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको...
सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

घटनास्थलबाट भारतिय प्रहरीले १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २...
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
भर्खरै