नेभिगेशन
समाज
यमनमा आक्रमण

अमेरिकाले गर्‍यो यमनमा माथि आक्रमण, १९ जनाको मृत्यु

शनिबार राति अमेरिकाले यमनमा  हुथी विद्रोहीलाई लक्षीत गरेर आक्रमण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। उनले लेखेका छन्,'हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक  कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु। उनीहरूले डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएका छन्'।  

समाचार संस्था रोयटर्रसका अनुसार ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको छ । 
आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएको रोयटर्सले लेखेको छ।

शनिबारको आक्रमणलाई ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति जिम्मेवारी सम्हालेपछिकै ठूलो आक्रमण भनिएको छ। उक्त आक्रमण इरानका लागि चेतावनी समेत रहेको भनिएको छ।

ट्रम्पले भनेकाछन्  'यदी इरान अमेरिकालाई धम्की दिन्छ भने त्यसको जबाफदेहीता उनीहरू नै हुनेछन् र अमेरिका यसपटक नरम हुन सक्दैन,' ।

हुथीको राजनीतिक विभागले यसलाई युद्ध अपराध भनेका छन्। उनीहरूले यसको पूर्ण रूपमा जबाफ दिन यमनी सशस्त्र बलहरू तयार रहेको पनि बताएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदालतले निस्तेज पारिदिएको डलर अर्बपति बिनोद चौधरीको प्रयोजित धन्दा ! 

अदालतले निस्तेज पारिदिएको डलर अर्बपति बिनोद चौधरीको प्रयोजित धन्दा ! 

२०६९ साल असोज २८ गते सतुुङ्गलको एक विशाल गोदाममा आगलागी हुुन्छ । साँझ करिब साढे ६ बजेतिर लागेको आगोले स्थानीयहरु आत्तिन्छन्, कराउँछन् चिच्याउँछन् र निभाउनका लागि दौडन्छन् । ...