नेभिगेशन
समाज

आइजिपी कप क्रिकेटः मधेस प्रदेश विजयी

काठमाडौँ । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ । 

नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न आज सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो ।

Global Ime Bank

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी  टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले  सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने सङ्गठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताए । उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु सङ्गठनका निम्ति गौरवको विषय भएको बताए । 

गत फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीनकुनेको घरमा आगो लगाउने 'राजावादी युवा', जसले खोपेका छन् छातीमा पूर्वराजाको ट्याटु

तीनकुनेको घरमा आगो लगाउने 'राजावादी युवा', जसले खोपेका छन् छातीमा पूर्वराजाको ट्याटु

सो भिडियोमा राजावादी प्रदर्शनमा उग्र बनेका ‘आन्दोलनकारीहरु’ घरभित्र पसेर तोडफोड, लुटपाटदेखि आगजनी समेत गरेको देखिन्छ । आगो झोस्दै ती युवा भन्छन्, ‘बल्यो बल्यो, हामी रोकिनेवाला छैनौँ । दम...
लहानमा सलहेश फूलबारी मेलाको रौनक

लहानमा सलहेश फूलबारी मेलाको रौनक

राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत रोग नाश  हुने जनविश्वास छ ।