नेभिगेशन
समाज

रौतहटमा खाेलामा तैरिरहेको अवस्थामा फेला पर्यो एक युवकको शव, पहिचान खुलेन

चन्द्रपुर ।  रौतहटको चन्द्रपुर नगरपालिका ७ को आमो खोलामा एक बेवारिसे अवस्थामा रहेको पुरुषको शव फेला परेको छ । अन्दाजी ३६ वर्षका पुरुषको शब नदिमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

 

खबर प्राप्त हुनासाथ  प्रहरी निरीक्षक साजन कुमार शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । प्रहरी पुगेर उक्त शवको पहिचान गर्ने प्रयास गरेको थियो । तर शव लामो समयदेखि पानीमा डुबेका कारण अधिकांश भाग नचिनिने भएकाले  शवको प्रारम्भीक अनुसन्धान गरि प्रादेशिक अस्पताल गौरमा शव परिक्षणको लागि पठाइएको प्रहरीले जनाएको छ । 


मृतकको हालसम्म सनाखत भएको छैन । चिन्नुहुने आफन्त, साथीभाईलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रमुख राईले आग्रह गरेका छ्न् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस