नेभिगेशन
समाज

बिआरआईले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध अझै मजबुत बनाएको छः सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)मार्फत नेपाल र चीनको ऐतिहासिक सम्बन्ध अझै मजबुत हुँदै गएको बताएका छन् । 


फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपाल र चीनबीचको आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै बिआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताएका हुन् ।

Dish Home
Global Ime Bank

बिआरआईलाई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरका रुपमा लिनुपर्ने उनले बताए । 
उनले लगानी सम्भावनालाई सही रुपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे । 

नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्वपूर्ण सहयोग रहने अपेक्षा रहेको उनले बताए । 

सभामुख घिमिरेले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्दै दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान सदैव तत्पर रहँदै आएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा आज काठमाडौँको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए। नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक मृत भेटिए

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही शनिबार बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा...
नगर अस्पतालमध्ये देशभरिमै कटारी अस्पताल उत्कृष्ट

नगर अस्पतालमध्ये देशभरिमै कटारी अस्पताल उत्कृष्ट

प्रदेश स्वास्थ निर्देशनालयले ६/६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत मापन गर्दा देशभरीका नगर अस्पतालमध्ये पहिलो नम्बरमा कटारी अस्पताल परेको हो।