नेभिगेशन
समाज

बाँकेको जयेन्दु बालसुधार गृहमा दुई समुहबीच झडप, ६ जना घाइते

बाँके । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप भएको छ । बालबन्दीबीचको झडपमा ६ जना घाइते भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि नर्सिङहोम नेपालगञ्ज ल्याइएको छ ।  
 
प्रवक्ता पातलीका अनुसार, बाल सुधार गृहमा राति ११ बजेतिर झडप भएको खबर आएको थियो । त्यसपछि ठूलो संख्यामा प्रहरी घटनास्थलमा पुग्यो । प्रहरीले राती डेढ बजेतिर घाइतेको उद्दार गरेको थियो ।  

‘प्रहरीलाई भित्र जान दिइएको छैन । सम्झाएर भित्र जाने प्रयास भइरहेको छ । कति भागे भन्ने यकिन हुन सकेको छैन । दुई जना भागेको बाहिर खबर आएको छ ।’, प्रवक्ता पातलीले सिधाकुरासँग भने ।
सो बाल सुधार गृहमा अढाइ सय बालबन्दी रहेका छन् । यहाँ पटक–पटक झडप हुने गर्दछ । केही दिन अघिमात्रै सोही सुधार गृहमा तीन जना प्रहरी कुटिएका थिए । 

CG

यसअघि झडप गर्नेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो । त्यहाँ पनि पटक–पटक झडप हुने गरेको छ । त्यहाँबाट समेत केही भागेका थिए, अझै फेला परेका छैनन् । 

बाल सुधार गृह सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्दैन । भित्र रहेकाहरु आपसमा लडिरहन्छन् । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा २८–२९ वर्षकासम्म बसाउँदा सधै लफडा हुने गरेको जानकारहरू बताउँछन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी, यसअघि नै दर्ता भएका थिए ७ मुद्दा

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी, यसअघि नै दर्ता भएका थिए ७ मुद्दा

सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट...
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

आयोगले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो ।
भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  ...