नेभिगेशन
समाज

च्याउ खाँदा दश जना बिरामी

तनहुँ । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन् । 

बिरामी हुनेमा व्यास नगरपालिका–६ का ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए ।

उनका अनुसार शुक्रबार साँझ उनीहरूले च्याउ खाएका थिए । बिमार सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
फुङ्लिङमा ‘मकै घर’,  बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने

फुङ्लिङमा ‘मकै घर’, बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने

ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा आजदेखि बाह्रै महिना पोलेको हरियो मकैको स्वाद लिन पाइने भएको छ । यहाँ स्थानीय उद्यमी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साझेदारीमा ‘मकै घर’ स्थापना...