नेभिगेशन
मुख्य समाचार

महिला टी–२० क्रिकेटः नेपालद्वारा हङकङ ६ विकेटले पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । 

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो । नेपालले १०५ रनको विजयी लक्ष्य १९ दशमलव ३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन् । उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन् । यस्तै पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन् । 

Global Ime Bank

बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले एक एक विकेट लिइन् । 

यसअघि हङ्कङ्का लागि १०४ रन बनाउने क्रममा शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् ।  त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् । 

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीनकुनेको घरमा आगो लगाउने 'राजावादी युवा', जसले खोपेका छन् छातीमा पूर्वराजाको ट्याटु

तीनकुनेको घरमा आगो लगाउने 'राजावादी युवा', जसले खोपेका छन् छातीमा पूर्वराजाको ट्याटु

सो भिडियोमा राजावादी प्रदर्शनमा उग्र बनेका ‘आन्दोलनकारीहरु’ घरभित्र पसेर तोडफोड, लुटपाटदेखि आगजनी समेत गरेको देखिन्छ । आगो झोस्दै ती युवा भन्छन्, ‘बल्यो बल्यो, हामी रोकिनेवाला छैनौँ । दम...
लहानमा सलहेश फूलबारी मेलाको रौनक

लहानमा सलहेश फूलबारी मेलाको रौनक

राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत रोग नाश  हुने जनविश्वास छ ।  
तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाह, 'मानवीय एवं भौतिक क्षति भएको सुन्दा अत्यन्तै दुःख लाग्यो' (पूर्णपाठ)

तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाह, 'मानवीय एवं भौतिक क्षति भएको सुन्दा अत्यन्तै दुःख लाग्यो' (पूर्णपाठ)

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे अभिव्यक्ति दिएका छन् । उनले उक्त घटनामा मानवीय एवं भौतिक क्षती भएको सुन्दा अत्यन्तै दुःख लागेको बताएका छन् । उनले नेपाली जनतामा देश...
रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा दायर गरेकाे निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।  न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश गरेको हो...