नेभिगेशन
मुख्य समाचार

केआईईटी प्रकरणः नेपाल आएका सबै विद्यार्थी उडिसा फर्किए, टिकटको खर्च कलेजले बेहोर्यो

काठमाडौँ । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले प्रकृति लम्सालको शंकास्पद मृत्युपछि निम्तिएको घटनाक्रमका कारण कलेजबाट निकालिएका नेपाली विद्यार्थीहरु कलेजमै फर्किएका छन् । विद्यार्थीहरुका अनुसार करिब ११ सय विद्यार्थीहरु कलेज फर्किएका छन् । 


उनीहरु नेपालबाट फर्कने क्रममा लागेको सम्पूर्ण यातायात खर्च कलेजले नै ब्यहोरेको विद्यार्थीहरुले बताएका छन् । उनीहरुले यातायातमा खर्च भएको रकमको विवरण पेस गरेपछि कलेजले सबै रकम भुक्तानी गरिदिएको हो । कलेज फर्कनुअघि नै विद्यार्थीहरुको आउने जाने सम्पूर्ण खर्च कलेजले नै व्यहोर्ने सर्तमा विश्वविद्यालय सहमत भएको थियो । 

Dish Home
Global Ime Bank

नेपाल फर्किएका विद्यार्थीहरु फेरि सोही कलेजमा फर्कदा आफूहरुमाथि पुरानै शैली दोहोरिने हो कि भन्ने चिन्तामा विद्यार्थीहरु थिए । तर कलेजले उनीहरुका लागि सौहार्द वातावरण बनाएको उनीहरुले बताएका छन् । ‘अहिले हामीहरुलाई कलेजले कुनै नराम्रो व्यवहार गरेको छैन । हाम्रो टिकटमा खर्च भएको रकम पनि कलेजले नै तिरिदियो’, एक विद्यार्थीले भने, ‘अन्तराष्ट्रिय स्तरमै कलेजको व्यवहारको आलोचना भएपछि उनीहरुले रियलाइज गरेको देखिएको छ । अहिलेसम्म पुरानो विषयलाई लिएर हामीहरुलाई नराम्रो व्यवहार गरिएको छैन ।’

भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपालकी प्रकृति लम्साल फागुन ४ गते होस्टलमा मृत भेटिएकी थिइन् । घटनाक्रमहरु शंकास्पद देखिएपछि नेपाली विद्यार्थीहरुले प्रकृतिको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि विश्वविद्यालय प्रशासनले सूचना नै जारी गरेर नेपाली विद्यार्थीहरुलाई कलेज र होस्टल छाड्न दवाव दिएको थियो । त्यतिमात्र नभएर गार्ड बाहिरका गुन्डा प्रयोग गरी नेपाली विद्यार्थीहरुलाई कुटपिट गरी होस्टलबाट निकालिएको थियो । कलेज प्रशासनले दुव्र्यवहार गर्दै निकालिएका र बिभिन्न रलवेस्टेसनमा छाडिएका नेपाली विद्यार्थीहरु जेनतेन खर्च जुटाएर नेपाल फर्किएका थिए । 


विश्वविद्यालय प्रशासनका अधिकारी तथा प्रोफेसरहरुले नेपाली विद्यार्थीलाई धम्क्याएका भिडियोहरु सञ्जालमा छरपस्ट भएपछि विश्वविद्यालयको चर्को आलोचना भएको थियो । अन्तराष्ट्रिय स्तरमै बद्नामी हुन थालेपछि त्यसको ढाकछोपका लागि विश्वविद्यालयले ढाकछोपका लागि हर प्रयास गरेको थियो । उक्त घटनामा नेपाली विद्यार्थीहरुमाथि भएकाे दुर्व्यवहार सम्बन्धमा विश्विवद्यालयले माफी समेत मागेकाे थियाे । त्यसपछि कलेजले विद्यार्थीहरुलाई फिर्ता बोलाएको थियो । 

अहिले प्रकृतिको शंकास्पद मृत्युको मुद्दा अदालतमा विचाराधिन छ । उक्त घटनामा पक्राउ परेका सोही विश्वविद्यालयमा अध्ययनरत अद्विग श्रीवास्तव अहिले प्रहरी हिरासतमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।