नेभिगेशन
समाज

‘बसाइँ’ उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौँ ।  साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको  गए राति गुवाहाटीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध  सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित समेत भएका थिए । 

Global Ime Bank

१६ वर्षको उमेरमा प्रकाशित पहिलो कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्यजगतमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ’  २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो जुन उपन्यास उनको लेखकीय जीवनकै कोसेढुंगा सावित भएको थियो । 
उनको बसाई उपन्यास सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमानी बनाएको उपन्यास हो । 
नेपाली पाठ्यक्रममा समेत रहेको यो उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद भएको छ भने यस उपन्यासको चलचित्र समेत बनेको छ ।

भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

उनीहरुले कलेज प्रशासनको योजनाबद्ध वेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरुमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरुले...
सात अङ्कले बढ्यो नेप्से परिसूचक

सात अङ्कले बढ्यो नेप्से परिसूचक

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६...
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।