नेभिगेशन
मुख्य समाचार

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेको उनको सचिवालयले जनाएको छ । 

मन्त्री डा राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले स्वागत गरेका थिए । 

Dish Home
Global Ime Bank

मन्त्री डा राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन् । 

मन्त्री डा राणाले यही मार्च १७ मा उदघाटन हुने सो कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ ? नामक फरक–फरक सत्रमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उनले यसैअन्तर्गत ‘डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभ’लाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस कार्यक्रमका दौरानमा मन्त्री डा राणाले भारतका विदेशमन्त्री डा एस जयशङ्कर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरुसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सो राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरुको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...