नेभिगेशन
मुख्य समाचार

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना पक्राउ, २ सय ५३ सवारी  नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए । 

उनकाअनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन् ।

Dish Home
Global Ime Bank

पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुङ्गो लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौँबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा लिएको छ । जसमा चार पाङ्ग्रे १८ तथा दुई पाङ्ग्रे २०१ छन् । आज साँझसम्म दुुई पाङ्ग्रे ११६ तथा चार पाङ्ग्रे १३ गरी १२९ सवारी साधन छाडिसकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी...
यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।