नेभिगेशन
समाज

ललितपुरको हरिसिद्धिमा नाचियो हरिसिद्धि नाच (तस्विरहरु)

ललितपुर। हरेक वर्ष फागुन पूर्णिमाको दिन ललितपुरको हरिसिद्धिमा नाचिने हरिसिद्धि नाच आज नाचिएको छ । एक दिन मात्र मनाउने यस जात्रामा पहिलो चरण विहानको समयमा नातेश्वर महादेवको स्थानमा हरिसिद्धि देवीको स्मरण गरी भक्तिपुर्वक बाध्य वादन (द्योग ल्हायगु) गरी हरिसिद्धि मन्दिर अगाडि पुग्छन् ।

 

एकैछिनको मन्दिर अगादि पालैसित नाचेर मन्दिर माथि जान्छन् । त्यसपछि अदृश्य नाच सुरु हुन्छ । यस नाचमा बाजाहरु भुस्या, प्वङ्गा, डमोखि, ताँः बजाउ छन् । यसरी विविध तालमा बजा बजाउन सुरु हुन्छ यस समयमा अगाडिको डबलीमा कोहि पनि जान हुदैन किनकि यस समयमा स्वयम हरिसिद्धि देवि नाच्ने जनविश्वास गरिन्छ । यस पश्चात तमनारिश्व महादेवको नाच सुरु हुन्छ । यस समयमा निसन्ताले आफ्नो सन्तान प्राप्तिको लागि ब्रत बसि पूजा गर्न सन्तान प्राप्त हुने जनविश्वास अनुरुप यस समयमा पूजा गर्न विभिन्न ठाउँबाट ब्रतालुहरु आउने गर्छन् ।

hari-siddhi-7-1741867539.jpg
 

यसै चरणमा राधाकृष्ण, ब्रम्हाजू (स्वस्थानी) अनुसार नवराज गंगा स्ना, तर्पण गरेको अवस्था, गजानन्द हरिहर महादेवको रुपमा आएर नवराजलाई अभिषेक दिएको, मञ्जुश्रीले फूचोमाजु, धिनाचो माजुको शक्ति प्राप्त गरेर काठमाडौ उपत्यकाको पानी बाहिर पठाएको दृष्य पनि यसै चरणमा हुन्छ भने अग्नि देव र महादेवको नाच सुरु हुन्छ । यस नाचमा अग्निदेवताको रुपमा भष्मासुरुलाई देखाइन्छ । महादेवले भष्मासुरलाई जस्लाई जे छोए नि भष्महुने बरदान दिएपछि महादेवलाई लखेटेको नृत्य हुन्छ । 

hari-siddhi-8-1741867539.jpg
 

मध्यान्हको समयमा डुन्डुबी राक्षसको रामचन्द्रले संघार गर्न नसकेपछि हरिसिद्धि माईको पुकार र सहयोगले राक्षसको संघार गरेको दृष्य भावको साथै हनुमानले राम र सुग्रीवको मित्रता कायम गरेको नृत्य गरिन्छ । यो समयमा हनुमान, राम र सुग्रीवले एउटै तालमा फरक फरक नृत्य प्रस्तुत गर्छन् ।  

राजा योग नरेन्द्र मल्लको पाल देखि योगेन्द्र मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल, श्रीनिवास मल्ल, सिद्धिनरसिंह मल्ल, महेन्द्र मल्ल, रत्न मल्ल, वरदेव मल्ल लिच्वी राजा नरेन्द्र देव लगायतका राजाहरु हरिसिद्धि देवीको भक्तका रुपमा चिनिएका थिए । 

hari-siddhi-6-1741867538.jpg
hari-siddhi-3-1741867537.jpg
hari-siddhi-4-1741867537.jpg
hari-siddhi-01-1741867536.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको  उडान सामान्य प्रभावित भइरहेको छ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन...
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

कार्यक्रमका दौरानमा मन्त्री डा राणाले भारतका विदेशमन्त्री डा एस जयशङ्कर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरुसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।