नेभिगेशन
समाज
होली

प्रधानमन्त्री ओलीको 'ह्याप्पी होली'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाको शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको उल्लेख गर्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका हुन्।

Dish Home
Global Ime Bank

फागुपूर्णिमालाई  होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ भन्दै शुभकामनामा प्रधानमन्त्री ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरेका छन्।

'फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ। हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ। मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ–  यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ,' फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्, 'हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना! ह्याप्पी होली!'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)

 नेविसंघ पब्लिक युथ क्याम्पस एकाइ सभापति सन्तोष श्रेष्ठ र नेविसंघको एकाइ सदस्य रोहित गुरुङले तोडफोड गरेको देखिन्छ । उनीहरुले निर्वाचन भाँड्नका लागि तोडफोडमा उत्रिएको भन्दै अनेरास्ववियुले कारवाहीको माग...
राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा

राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा

सिंहदरबार भित्रै सरकार विरुद्ध  प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय...
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान...
गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन्।