नेभिगेशन
समाज

थकाली समुदायले मनाए तोरन्ल पर्व (तस्विरहरु)

काठमाडाैँ । थकाली समुदायले आज तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन्  ।


थकाली समुदायले नयाँ वर्षको रुपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन् । आफ्नो थाकथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइसराइ गरेर काठमाडौँ आएका थकाली समुदायका घरको कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन्। त्यसैगरी छोरी ज्वाइँ भान्जी तथा आफन्तहरूलाई बोलाएर मीठा–मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन छ। 
थकाली समुदायले यस दिन घरमै बनाएको छ्याङ (लोकल रक्सी) समेत खाने प्रचलन रहेको छ। थकाली समुदायले फागु पूर्णिमा रङ्गहरू नलगाउने भए पनि आजभोलि लगाउने गरिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। तर, मुस्ताङबाट थकाली समुदायहरू बसाइसराई गरेर देशका विभिन्न सहर तथा विदेशमा गएका छन् ।


thakali-(4)-1741759704.jpg
thakali-(2)-1741759729.jpg
thakali-(1)-1741759729.jpg
thakali-(4)-1741759730.jpg
thakali-(3)-1741759730.jpg
thakali-(3)-1741759730.jpg
thakali-(7)-1741759731.jpg
thakali-(6)-1741759731.jpg
thakali-(9)-1741759732.jpg
thakali-(8)-1741759732.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
चैत ७ गते प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’

चैत ७ गते प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ सम्बन्धी कार्यक्रम आगामी चैत ७ गतेको बैठकमा हुनेगरी निर्वारण गरिएको सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराए।