नेभिगेशन
नेताका कुरा

संसदले बनाएको सरकारप्रति प्रचण्डले लगाएको आक्षेप खेदजनक छः महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदले बनाएको सरकारप्रति प्रचण्डले लगाएको आक्षेप खेदजनक रहेको बताएका छन् । 

मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्ताैलाले झण्डै दुईतिहाइको संसदले बनाएको सरकारलाई बिचौलियाको सरकार भन्नु खेदजनक रहेको भन्दै आफुलाई सच्चाउनुपर्ने बताए । 

Dish Home
Global Ime Bank

वर्तमान सरकार सुशासनमा केन्द्रीत रहेको भन्दै उनले सरकारमाथि आपेक्ष लगाउने कुरा प्रचण्डको दृष्टिदोष रहेको जिकिर गरे ।

बर्तौलाले मुलुकको आवश्यकताका आधारमा कानूनी सुधार गर्नका लागि अध्यादेश ल्याएको भन्दै विपक्षी भएकै कारण विरोध गरिएको बताए । उनले बिपक्षी दललाई सदनमा प्रयाप्त स्पेश दिइरहेको धारणा राखे । 

उनले प्रधानमन्त्री केपी ओलीको निकै अघि देखिएको पूर्वनिर्धारित कार्यक्रम तय भएका कारण विपक्षी दलका नेता बोल्ने बेला सदनमा उपस्थीत हुन नसकेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा आज काठमाडौँको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए। नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।” उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी...