नेभिगेशन
शिक्षा

कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकहरुको धर्ना

काठमाडौँ । नेपाल शिक्षक महासंघले दोश्रो चरणको आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । 

सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले कांग्रेस पार्टी कार्यालयमा धर्ना दिएका हुन् । सवै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अव जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ । 

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दवाव दिने उदेश्यले महासंघले बिभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिन सुरु गरेका हुन् । दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन २७ देखि चैत्र ५ गतेसम्म बिभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ । 

त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन गर्ने महासंघको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप शिक्षा
त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको राजीनामा स्वीकृत गरेको छैन ।
सक्कियो एसईई, सर्टमा सम्झना लेखेर छुट्टिए विद्यार्थी (तस्विरहरु)

सक्कियो एसईई, सर्टमा सम्झना लेखेर छुट्टिए विद्यार्थी (तस्विरहरु)

परिक्षा सकिएसँगै विधार्थीहरु सम्झना र मायाको चिनो स्वरुप एक अर्काको सर्ट/टिसर्टमा सन्देश लेखेर छुट्टिएका छन् । 
एसइईमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

एसइईमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन

सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । 
अस्कल क्याम्पसमा स्ववियु मतदान जारी (तस्विरहरु)

अस्कल क्याम्पसमा स्ववियु मतदान जारी (तस्विरहरु)

काठमाडौँको अमृत साइन्स क्याम्पस (अस्कल) मा ५ चैतमा विवाद भएपछि हुन नसकेको चुनाव आज भएको छ ।