नेभिगेशन
समाज

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको निजी पोर्टल र फेसबुक पेज ह्याक 

काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको निजी वेबसाइट र फेसबुक पेज ह्याक भएको छ ।  अनधिकृत समूहले डाक्टर बाबुराम भट्टराई नामक वेबसाइट र सो साइटसँग सम्बन्धित फेसबुक पेज ह्याक गरेको भट्टराईको सचिवालयले एक सूचना जारी गर्दै जानकारी दिएको छ । 

ह्याक भएको पेजबाट भ्रामक टिप्पणीहरू भइरहेको देखिएको भन्दै भट्टराईको सचिवालयले यसतर्फ सचेत हुन आग्रह गरिएको छ । वेब र फेसबुक पेजलाई पुरानै अवस्थामा फर्काउन प्राविधिक टोली लागि परेको सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्