नेभिगेशन
डाक्टरका कुरा

विकास अर्थशास्त्री डा रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

 

काठमाडौँ । विकास अर्थशास्त्री तनहुँका डा रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

Dish Home
Global Ime Bank

समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्र्तवार्तापश्चात अन्तिम सूचीमा डा। काफ्लेसहित डा। कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।


मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा। काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा। काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । अब व्यास नगरपालिकाका डा। काफ्लेले सोही प्रतिवेदन कार्यान्वयनको महत्वपूर्ण निकायको कार्यकारीको जिम्मेवारी प्राप्त गरेका हुन् ।


यसअघि डा। काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम शुरु गरेका थिए । राहत रकममा ४ सय प्रतिशत वृद्धि तथा बीमामा शत प्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए ।
डा काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए । यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । अर्थशास्त्रमा विद्यावारिधी डा।काप्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप डाक्टरका कुरा
न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

उनीहरुले कलेज प्रशासनको योजनाबद्ध वेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरुमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरुले...
प्रदेश र स्थानीय तहबिचको लफडाः मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउने

प्रदेश र स्थानीय तहबिचको लफडाः मुख्यमन्त्री अस्पताल बन्द गराउने, नगरपालिका खुलाउने

मुख्यमन्त्रीको आदेशपछि ती अवैध अस्पताल एकाएक वैध भएर पुनः सञ्चालनमा आए । पुनः सञ्चालनमा आएको हाइवे ट्रमा हस्पिटलमा उपचारका क्रममा एक बिरामीको निधन भएपछि अस्पतालमा आन्दोलन आन्दोलन चर्कियो...
कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

जीवनभर निःशुल्क काम गर्दा जीविकोपार्जनमा समस्या छ । स्वास्थ्य स्वयंसेविकाहरु दिनरात नभनी काममा खट्छन् । जीवनको उर्भर समय स्वास्थ्य अभियानमा बिताउँछन् । तर राज्यले उनीहरुका लागि केही गरेको...
वीर अस्पतालको निर्देशकमा डा.शर्मा नियुक्त

वीर अस्पतालको निर्देशकमा डा.शर्मा नियुक्त

नवनियुक्त निर्देशक डा.शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुन् । 
भर्खरै