नेभिगेशन
मुख्य कुरा

पर्सामा जिल्ला प्रशासन परिसरमै आत्मदाह प्रयास गरेका मिटरब्याज पीडितकाे उद्धार

पर्सा । पर्साको वीरगंजस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा मिटर ब्याज पीडितले न्याय नपाएको भन्दै विष सेवन गरी पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन् । कार्यालय परिसरमै विष सेवन गर्दै पेट्रोल छर्किन लाग्दा प्रहरीले उनलाई तत्कालै उद्धार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

 

Dish Home
Global Ime Bank

आत्महत्याको प्रयास गर्ने व्यक्ति बाराको पचरौता नगरपालिका घर भई हाल वीरगंज महानगरपालिका९२४ रामघरवामा बस्दै आएका २४ वर्षीय ब्रिजकिशोर प्रसाद साह रहेका छन् । उनले न्याय माग्दै पटक–पटक सरकारी निकायमा निवेदन दिए पनि सुनुवाइ नभएको भन्दै आत्महत्याको प्रयास गरेको बताइएको छ ।

पीडित साहका अनुसार, बहुदरमाई नगरपालिका डकैलाका मोहन साह तेली, पचरौता नगरपालिका बाराका धर्मेन्द्र साह कलवार, र देवेन्द्र यादवले उनलाई मानसिक यातना दिँदै लाखौँ रुपैयाँको मिटर ब्याज असुल गरेको आरोप लगाएका छन् । साहले बताएअनुसार, एक लाखको रकमको ऋण लिदा ब्याज थपिँदै गएपछि एक करोड बराबरको सम्पत्ति लिलाम गराएको आरोप छ ।

 

आईतबार मात्र पीडित मिटर ब्याजीहरू न्याय दिलाउन र जफत गरिएको सम्पत्ति फिर्ता गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका थिए  । तर, सोमबार कार्यालय परिसर मै ब्रिजकिशोर प्रसाद साह आत्महत्याको प्रयास गरेका छन् ।

घटनापछि प्रमुख जिल्ला अधिकारी अर्यालले पीडित साहको उद्धार गरी आफ्नै गाडीमार्फत नारायणी अस्पताल पुर्‍याएको बताए । हाल उनको अस्पतालमा उपचार भइरहेको छ । पीडितको गम्भीर आरोपलाई मध्यनजर गर्दै विपक्षीलाई झिकाएर अनुसन्धान गर्न आदेश दिएको प्रजिअ अर्यालले बताए । 

जिल्ला प्रशासन कार्यालयले मिटर ब्याजसँग सम्बन्धित उजुरीलाई गम्भीरतापूर्वक लिँदै कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, पर्सा प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरू माथि छानबिन सुरु गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 
न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

पीडित पक्षका अनुसार गाउँका केही व्यक्तिहरू विशेष गरी नरेन्द्र यादव नामक व्यक्तिले पैसा लिएर मिल्न धम्की दिएका थिए । ‘नमिल्दा उल्टै मुद्दा हाल्छु भन्ने सुनिन्थ्यो’, आमाले दुखेसो पोखिन्...
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज उक्त विवादमा नेपाल सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको हो ।  अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न...