नेभिगेशन
रोग र उपचार

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु

काठमाडौँ । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए ।


यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए । सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आएपनि दुवै सिफ्टमा अपरेशन बल्ल सुरु भएको हो ।

Global Ime Bank


‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा शुरु भएका छन्’, उनले भने, ‘विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ । आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए ।


दुवै सिफ्टमा हुने अपरेशनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने र उनले बताए । डा। गौतमले निमित्त निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप रोग र उपचार
मनिता शर्मा मृत्यु प्रकरणः एभरेष्ट अस्पतालले सिसिटिभि फुटेज लुकायो, निर्देशकले कमजोरी स्वीकारे

मनिता शर्मा मृत्यु प्रकरणः एभरेष्ट अस्पतालले सिसिटिभि फुटेज लुकायो, निर्देशकले कमजोरी स्वीकारे

सुवासले लामो प्रयासपछि केही दिनअघि मात्रै अस्पताल निर्देशक दिपक बराललाई भेटन् पाएका थिए । त्यस क्रममा सुवाससँग निर्देशक बरालले भनेका छन्, ‘यो सबै कुरा हेर्दा सुन्दा हाम्रो टिमबाट...
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी

चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी

सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन्
भर्खरै