नेभिगेशन
जनप्रतिनिधिका कुरा

स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् । 

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने धारणा व्यक्त गरे । 

Dish Home
Global Ime Bank

उनले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताए।  प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।” उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी...
राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

तीनकुने घटनामा संलग्न भएको आरोपमा गत चैत १५ मा राणा पक्राउ परेका राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि प्रहरीले प्रक्रिया नपुगेको भन्दै रिहा गरेको थिएन । 
सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने बताएका छन् । 
हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरले नै तोक लगाएको विषयको चौतर्फी विरोध सुरु भएको छ ।