नेभिगेशन
जनप्रतिनिधिका कुरा

हाम्राे बदनाम गर्न प्रधानमन्त्रीकै निर्देशनमा आदित्यनाथको फोटो राखेको पाइयोः ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजाको स्वागतमा योगि आदित्यनाथको फोटो एमाले नेता विष्णु रिमालले राख्न लगाएको पाइएको आरोप लगाएका छन् । आइतबार पूर्वराजाको स्वागत गर्ने कार्यक्रममा ज्ञानेन्द्र शाहको तस्विरजस्तै भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो राखेको भन्दै चौतर्फी विरोध भइरहँदा शाहीले सो आरोप लगाएका हुन् । 

नेता शाहीले सो तस्विर आफूहरुले नभई आफूहरुको बदनाम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले राख्न लगाएको पाइएको बताएका हुन् । उनले लेखेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाईएको छ ।’, शाहीले फेसबुकमा लेखेका छन् ।

Dish Home
Global Ime Bank

त्यस्तै उनले आफूहरुले नेपालको राष्ट्रिय झण्डासहित राजालाई स्वागत गर्न लाग्दा विरोधीहरुले आफूहरुको कार्यक्रममा असर गर्न त्यस्ता कुकर्म गरेको बताएका छन् । उनले विदेशीको एजेण्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लागेको बताए । ‘नेपाली  राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि।’, उनले लेखेका छन्, ‘विदेशीको एजेन्डामा र सिद्धान्तनमा  पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ?’

 

सांसदसमेत रहेका शाहीले  माक्स ,लेलिन ,माओ कुन देशका हुन ? भन्दै प्रश्न समेत गरेका छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।” उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी...
राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

राप्रपाका महामन्त्री धवलशमशेर हिरासतबाट छुट्दै, जिम्मा लिन पुगिन् श्रीमती

तीनकुने घटनामा संलग्न भएको आरोपमा गत चैत १५ मा राणा पक्राउ परेका राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि प्रहरीले प्रक्रिया नपुगेको भन्दै रिहा गरेको थिएन । 
सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने बताएका छन् । 
हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

हेटौँडाको एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरको तोक

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले एक नीजि सैलुनमा एसी र इन्भर्टर जोड्न मेयरले नै तोक लगाएको विषयको चौतर्फी विरोध सुरु भएको छ ।