नेभिगेशन
खेलका कुरा

एसीसी यू—१९ प्रिमियर कप क्रिकेटमा नेपाल र जापान भिड्ने

काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएको छ । 

मलेसियामा जारी उक्त प्रतियोगिताको सेमिफाइनलमा नेपाल र जापानको खेल शनिबार हुने छ । 

प्रतियोगिताको अर्को सेमिफाइनल खेल पनि शनिबार नै संयुक्त अरब इमिरेट्स (यूएई) र सिंगापुरबिच हुँदै छ । नेपाली टोली समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका छन्  । यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । 

नेपालले समूहगत चरणको तीनवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोलीले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । 

नेपाल बिहीबार खेलिएको तेस्रो खेलमा भने साउदी अरेबियालाई तीन सय दुई रनको विशाल अन्तरले हराएको थियो । प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै