नेभिगेशन
सबै कुरा

अमरेशकुमार सिंहले मागे स्वास्थ्यमन्त्रीको राजीनामा

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभाको आकश्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा सिनियरलाई ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग  गरेका हुन् । 

Dish Home
Global Ime Bank

उनले सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।  सिंहले संगिता मिश्रसंग केही चिनजान नरहेपछि मधेसी भएकै कारण सिनियर भएर पनि उनलाई बढुवा नगरेको आरोप लगाए । 

मधेशी समुदायको एउटा आस्थाको केन्द्रलाई ठेस पुराउने काम सरकारले गरेको उनको भनाई छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation