नेभिगेशन
सबै कुरा

एनआरएनएसँग किन रुष्ट भइन् रामकुमारी झाँक्री, के सोधेका थिए प्रश्न ? (पूरा भिडियो)

नेकपा समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले गैर आवासीय नेपाली संघ (एनआरएनए)का नेताहरुलाई सार्वजनिक मञ्चबाट पढाएकी छिन् । 

काठमाडौमा जारी एनआरएनको महाधिवेशनमा विभिन्न सेसनहरु मार्फत नेपाल र एनआरएनएसँग सम्बन्धी विषयहरुमा बहस भैरहेको छ। त्यसमध्ये बुधबार एनआरएनलाई दिएको नागरिकता सम्बन्ध विषयमा बहस भैरहेको थियो । 

Dish Home
Global Ime Bank

हलमा रामकुरमारी झाँक्री लगायतका नेताहरु आसिन थिए । 

अन्तरक्रियाकै क्रममा एनआरएनएका केहि नेताहरुले सरकारले राजनीतिक अधिकारबिनाको नागरिकता दिएर गैरआवसिय नेपालीको अपमान गरेको भन्दै आक्रोश पोखे । साथै उनिहरुले विदेशको अभ्याससमेत सम्झाएर मञ्च आसिन नेता तथा एनआरएनका पदाधिकारी माथिनै आरोप लगाएका थिए । 

नेताहरु माथि एनआरएनएका नेताहरुले कडा अभिव्यक्ति दिएपछी कार्यक्रमको अन्तिमतिर झाँक्रिले बोल्न खोजिन । उद्घोषकले उनलाई ड्यासमा बोलाए । 

ड्यासमा पुगेर झण्डै १० मिनेटसम्म एनआरएनका नेता र नागरिकताका विषयमा कडा प्रस्तुत भईन् । उनले बोल्न सुरु गरिन् ‘मलाई पनि तपाईँहरुलाई जसरी चिच्याउन त आउँछ तर तपाईँहरूको अतिथि भएकाले चिच्याउनचाहिँ मिल्दैन जस्तो लाग्यो ।’

‘गैरआवासीय नेपाली नागरिकताको सन्दर्भमा यो औँला हालेपछि डुडुल्लोसम्म छिराउने मामिला हो भन्ने हामीलाई पनि थाहा थियो’ उनले थपिन्, ‘त्यही कारण यो ठ्याक्क नागरिकता को कुरा भएपछि हुँदै छ।’ उनले आफूले एनआरएनएको अपमान गर्न नचाहेको तर विदेशी पासपोर्ट लिइसकेपछि देशको चिन्ता गर्न नपर्ने बताइन् । 

‘पहिला नेपाली विदेश जान केके हर्क गर्‍यौँ । त्यो देशको आईएलआर वा गीनकार्ड पाउन के के हर्कत गर्‍यौँ ?’, उनले प्रश्न गरिन् नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईँहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्‍यौँ । अनि तपाईँहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने ? नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ ।’

उनले नेपालमा आएर नागरिकताबारे ठुला कुरा गरेको नसुहाउने भन्दै आक्रोश पोखिन् ।  त्यसपछि दर्शक दीर्घाबाट झाँक्रीको विरोध सुरु भए पनि उनले यस्ता नाराले आफूलाई केही फरक नपर्ने भन्दै थप आक्रामक भइन् ।   


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन्। 
सिंहदरवारबाट पक्राउ परेका राप्रपा नेताहरुलाई भद्रकालीस्थित प्रहरी परिसरमा लगियो

सिंहदरवारबाट पक्राउ परेका राप्रपा नेताहरुलाई भद्रकालीस्थित प्रहरी परिसरमा लगियो

सिंहदरबार भित्रै प्रदर्शनको प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुसिंहदरवारस्थित संसदीय दलको कार्यालयबाट सिंहदरवारको दक्षिण गेटतर्फ अघी बढेका थिए । सो क्रममा उनीहरुले गोजीबाट पम्प्लेट निकालेर प्रदर्शन...
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

दोषी उपर कारबाहीको लागि आवश्यक प्रक्रिया सुरूआत गर्न माग गर्दछौं। अन्यथा जनताको विश्वासीलो शक्तिको आधारमा सडक र सदनबाट यस विषयलाई कार्यान्वयनका लागि थप दबाबका कार्यक्रम गरिने जानकारी गराउँदछौं,’...
‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: प्रचण्ड

‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: प्रचण्ड

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए ।