नेभिगेशन
सबै कुरा

मधेसमा तस्करहरूको रजगज, गोदाममा भण्डारण गर्दै आएको २४ क्वीन्टल गाँजा बरामद

सप्तरी । नेपाल–भारत खुला सिमानाका कारण सप्तरी, पर्सा, बारा, रौतहटलगायतका जिल्लामा लागुऔषध तस्करी र भन्सार छलीका घटनाहरू बढ्दै गएका छन् ।

तस्करहरूले ठूला गोदाम प्रयोग गरी गाँजा, सुर्तीजन्य पदार्थ, भन्सार छलीका सामान भण्डारण गर्ने र रातको समयमा भारततर्फ ओसारपसार गर्ने गरेको पाइएको छ । जसअन्तर्गत सप्तरीको राजविराज नगरपालिका–९ मलेठस्थित गोदाममा प्रहरीले छापा मारेर ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । 

Dish Home
Global Ime Bank

सुराकीका आधारमा संयुक्त प्रहरी टोलीले २४ क्वीन्टलभन्दा बढी अर्थात् २४ सय १९ किलोग्राम गाँजा बरामद गरेको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार उक्त गोदामबाट भन्सार छली गरी ल्याइएको १४२ कार्टुन स्याउ समेत बरामद गरिएको छ । यत्रो ठुलो परिमाणमा गाजाँ बरामद हुदाँ भणडारणका बेला प्रहरीको समेत मिलोमतो हुन सक्ने स्थानीयको अशंका रहेको छ । 

प्रहरी प्रमुख खतिवडाका अनुसार ८ घण्टाभन्दा बढी समय लगाएर गोदामभित्र खोजीकार्य गरिएको बताए । ‘गोदामको कुनै भागमा कपडा, कुनै भागमा स्याउ, कुनै भागमा चामलको भुजा राखिएको थियो । ती सामानहरू हटाउँदै गाँजा तौल गर्न लामो समय लागेको हो’ खतिवडाले भने। उनका अनुसार सप्तरी प्रहरीले हालसम्मकै ठूलो अपरेसन सम्पन्न गरेको छ ।

प्रहरीका अनुसार बरामद गरिएको सबै सामान आवश्यक अनुसन्धान र कारबाहीका लागि सप्तरी प्रहरी कार्यालयमा राखिएको छ ।

हालसम्म गोदाम सञ्चालकबारे कुनै जानकारी प्राप्त नभएको र भोलि मालपोत तथा नापी कार्यालयबाट जग्गा धनीको विवरण खोजी गरिने सप्तरी प्रहरीले जनाएको छ । जग्गाधनीको विवरण आएपछि गोदाम सञ्चालक र गाँजा तस्करीबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जम्मु–कस्मिरमा हिन्दू पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा हिन्दू पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको र हत्या हुनेमा नेपाली र यूएइका नागरिक पनि रहेका छन् ।  बन्दुकधारीले पर्यटकमाथि धर्म सोध् गोली चलाएका थिए  जसमा नेपाली...
सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), उनका पिता बच्चालाल साह गोढ, दाजु राकेश कुमार साह र मुकेश कुमार साह,...
नवनियुक्त मधेश प्रेस काउन्सिलका अध्यक्ष उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा

नवनियुक्त मधेश प्रेस काउन्सिलका अध्यक्ष उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा

यादव, अन्सारी र उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर गरेकोले बिगो रकम तीन लाख ५२ हजार ५६० रुप्रयाँ कायम गरी सोही...
बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु

बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ ।
भर्खरै