नेभिगेशन
सबै कुरा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएकी छिन् । 

सोमबार काठमाडौँमा पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले खेलेको भूमिकाको सराहना गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन थप योगदान गर्ने विश्वास समेत व्यक्त गरेकी हुन् । 

Dish Home
Global Ime Bank

उनले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको स्मरण गरिन् । राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थीतिमा पनि लोकतान्त्रीक मूल्यमान्यतालाई आत्मसाथ गर्नुपर्ने उनले बताइन् । 

भण्डारीले बहुलबाद र बहुदलीय प्रतिष्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना परिघटनाले बिचलित तुल्याउन नसक्ने उल्लेख गरिन् । 

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गरेको सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation