नेभिगेशन
सबै कुरा

स्ववियु निर्वाचन विवाद: समाजवादी विद्यार्थी युनियनले तोडफोड गर्यो भैरहवा बहुमुखी क्याम्पस

भैरहवा । रूपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

चैत ५ गते हुने निर्वाचनका लागि आज संगठन दर्ता गर्ने तालिका तोकिएको थियो । सो क्रममा समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अली लगायत विद्यार्थी नेताहरुले निर्वाचन तालिकाअनुसार संगठन दर्ता नगर्न भन्दै क्याम्पसमा होहल्ला सूरु गरेका थिए । त्यसपछि उनीहरुले क्याम्पसको हलमा तोडफोड गरेका हुन् ।

Dish Home
Global Ime Bank

सो क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले विभिन्न माग राख्दै आइतबारनै क्याम्पसमा रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

विद्यार्थीहरूको तोडफोडले क्याम्पसका कुर्सीहरू भाँचिएका छन् भने क्याम्पस प्राङ्गणमा टायर बालेर समेत विरोध प्रदर्शन गरिएको छ । 

यस विषयमा रुपन्देही प्रहरीले क्याम्पसभित्र तोडफोड भएको र क्याम्पसले निवेदन दिए आफूहरुले कानुनअनुरुप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation