नेभिगेशन
सबै कुरा

कुलमानलाई सरकारले दियो शून्य अंक


काठमाडौँ । सरकारले कुलमान घिसिङको कामलाई शून्य अंक दिएको छ । कुनै हालतमा पनि कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन लागेको उर्जा मन्त्रालयले घिसिङको कार्यसम्पादन मूल्याङकनमा शून्य नम्बर दिएको हो ।

Dish Home
Global Ime Bank

घिसिङले समयमा आफ्नो कार्यसम्पादन विवरण नबुझाएको भन्दै उनलाई आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादनका लागि शून्य नम्बर दिएको मन्त्रालय स्रोतले पुष्टि गरेको छ । उता कुलमानले भने आफूलाई ९८ अंक सहित मन्त्रालयमा कार्यसम्पादन विवरण बुझाएका थिए । 

त्यसो त कुलमानलाई हटाउनकै लागि उर्जा मन्त्री दिपक खड्काले तेस्रो पटक स्पष्टिकरण सोधिसकेका छन् । उर्जा मन्त्रालयले आफूलाई हटाउन नमिल्ने कुलमानको जवाफ पछि उनलाई पुनः मन्त्रिपरिषदबाटै स्पष्टीकरण सोधेर हटाउने तयारी गरिएको स्रोतले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation