नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत पठाउछौँः सामान्य प्रशासन मन्त्री

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतमाथि गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका छन् । महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको तर प्रतिवेदन सार्वजनिक नगरेका कारण तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिने बताएका हुन् । 

गुरागाईँमाथि छानबिन गर्न पूर्वसचिव शंकरप्रसाद पाण्डे नेतृत्वमा समिति गठन गरेको तर प्रतिवेदन सार्वजनिक नगर्दा के भएको हो भन्ने अन्यौल रहेको मन्त्री गुप्ताले बताए । ‘महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको भनेको छ । तर प्रतिवेदन आएको छैन ।’, मन्त्री गुप्ताले भने, ‘एउटा प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन मिल्दैन । महानगरले गुरागाईँमाथि गरेको छानबिनको प्रतिवेदन सार्वजनिक गरेपछि के गर्नुपर्ने हो, सो गर्छौँ ।’

Dish Home
Global Ime Bank

मन्त्री गुप्ताले काठमाडौँ महानगरमा मात्रै नभएर देशका विभिन्न पालिका प्रमुख प्रशासकीय अधिकृत नरहेको र सो पालिकामा पनि छिट्टै प्रमुख प्रशासकीय अधिकृत पठाउने बताए । उनका अनुसार रिक्त स्थानमा खटाउन थप ३८ जना सहसचिव आवश्यक छ । 

काठमाडौँ महानगरले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation